Sujang

धनगढीबाट डोटीका चक्रे पार्की बेपत्ता

Ban

एकेन्द्र चन्द,चैत ३० गते ,धनगढी: कैलालीको धनगढीबाट एक जना वृद्ध व्यक्ति बेपत्ता भएका छन्। डोटीको जोरायल गाउँपालिका वडा नं. ५ बबनकट्टेका ६४ वर्षीय चक्रे पार्की गत यही चैत २१ गते बिहान देखि सम्पर्कविहीन भएका स्थानीय राम बहादुर देउबाले जानकारी दिनु भएको छ ।

Krishi

पार्की धनगढी उपमहानगरपालिका वडा नं. ११ स्थित बेला छोरीको घरबाट बिहान करिब ९ बजेको समयमा निस्किएको र त्यसपछि बेपत्ता भएको परिवारले जनाएको छ।

बेपत्ता हुँदा उनले खैरो रंगको कोट (हापु), खैरो पाइन्ट, टाउकोमा टोपी तथा शरीरमा धागो (उपमाल) लगाएका थिए।
उनको हुलिया अनुसार गहुँगोरो वर्ण, करिब ५ फिट ५ इन्च उचाइ र मध्यम शरीर भएका छन्।

परिवारले उनलाई खोजी गरिदिन सबैमा अपिल गरेको छ। कसैले देखेमा वा जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा परिवारका सदस्यलाई ९७६११८१२७४ मा सम्पर्क गरिदिन अनुरोध गरिएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.