Sujang

बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरी निर्वाचित

Ban

बाजुरा : फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बाजुरा निर्वाचन क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी निर्वाचित भएका छन् ।

Krishi

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल ८७ हजार ८६१ मतदाता रहेको यस क्षेत्रमा ४५ हजार २४२ मत खसेको थियो । खसेको मतमध्ये ४३ हजार ८९६ मत सदर भएको छ भने १ हजार ३४६ मत बदर भएको छ ।

निर्वाचन परिणाम अनुसार कांग्रेसका उम्मेदवार जनकराज गिरीले १७ हजार १७३ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार लालबहादुर थापाले १६ हजार ६३३ मत प्राप्त गरेका छन् ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हेमराज थापाले ६ हजार ३५ मत प्राप्त गरेका छन् भने प्रकाश शाहले ३ हजार ३०१ मत ल्याएका छन् । अन्य उम्मेदवारहरूमा केशर शाहीले ३५२, दिपक डिसीले ९७, भुपेन्द्र विकले ३३३ र उपेन्द्र शाहीले ७२ मत प्राप्त गरेका छन् । यससँगै बाजुरा निर्वाचन क्षेत्र नं. १ मा कांग्रेसका जनक गिरीले निकटतम प्रतिष्पर्धी लालबहादुर थापालाई ५४० मत अन्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । 
 

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.