Sujang

गगन नेतृत्वको काँग्रेसमा सुदूरपश्चिमका एक पदाधिकारी सहित दश जना

Ban

माघ १ गते : बिहिवार सम्पन्न नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमबाट एक जना पदाधिकारीसहित दश जना नेता अटाएका छन्। सुदूरपश्चाबाट सह-महामन्त्रीमा प्रकाश रसाइली स्नेहीसहित दश जना नेता केन्द्रीय कार्यसमितिका छनोट भएका हुन्।

Krishi

सह-महामन्त्रीमा चयन भएका स्नेही बझाङका नेता हुन भने खुलातर्फ डोटीबाट भरत खड्का, बाजुराबाट जनकारज गिरी र बझाङका जगत जोशी काँग्रेसको केन्द्रीय सदस्य बनेका छन्।

यस्तै,कैलालीबाट चार जना केन्द्रीय सदस्य भएका छन्। सुदूरपश्चिम प्रदेश महिलातर्फ निपा चोख्याल, प्रदेश खुलातर्फ हिमबहादुर रावल, थारू महिलातर्फ सुनिता राना र खस-आर्य महिलातर्फ सम्झना खत्री केन्द्रीय सदस्य भएका हुन्।

बैतडीका नरेन्द्रप्रसाद भट्ट तथा कञ्चनपुरबाट सन्तोषी साउँद ऐरी पनि केन्द्रीय सदस्य भएका छन्।
 

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.