Sujang

सामाजिक एकता र सद्भाव कायम राख्न आवश्यक-प्रदेश सभापति बलायर

Ban

असोज १४ गते,कैलाली : बडा दशैंको अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका सभापती बीरबहादुर बलायरले मुलुक विषम ,अस्थिर र प्रतिकूलताबीच रहेको बेला सामाजिक एकता र सदभाव कायम राख्न आवश्यक रहेको बताउनु भएको छ ।

Krishi

प्रदेश सभापति बलायरले आफ्नो ब्यक्तिगत र पार्टीको सुदूरपश्चिम प्रदेश कार्यसमितिको तर्फबाट स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरु शुभकामना ब्यक्त गर्दै ,अन्याय माथि न्यायको तथा असत्य माथि सत्यको बिजयको शाश्वत सन्देश दिने हाम्रो धार्मिक एवम् साँस्कृतिक पर्व बडा दशैंले व्यक्ति-व्यक्ति, परिवार, समुदाय र संस्थाहरु बीचको एकतालाई अझ मजबुत बनाउँदै आएको र अझ प्रगाढ बनाउँदै लैजानु पर्ने बताउनु भएको छ ।

भाद्र २३ र २४ गते पछिको घटनाक्रमले मुलुक एउटा फरक मोडमा पुगेको भन्दै अहिलेको विषम एवं अस्थिर परिस्थितिबाट उठ्न र पुनर्निर्माणमा जुट्न सबैपक्षको संयम, संवाद र एकता अपरिहार्य रहेको र यो विषम ,अस्थिर र प्रतिकूलताबीच पनि ‘सामाजिक एकता र सदभाव’ कायम राख्दै संयमित भएर देशलाई शान्ति र पुनर्निर्माणको दिशामा अघि बढाउन माता दुर्गा भवानीले हामी सबैलाई शक्ति प्रदान गरून् भन्ने कामना गर्नु भएको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.