Sujang

गोदावरी नपा–२ मा सरसफाइ अभियान, डस्टबिन हस्तान्तरण गर्दै शृजनशिल गतिविधिको थालनी

Ban

असोज १३,कैलाली : बडादशैंको पूर्वसन्ध्यामा गोदावरी नगरपालिका वडा नं. २ स्थित शिवनगर टोल, गल्ली नं. १ अत्तरियामा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।

CLEAN UP NEPAL संस्थाको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा टोलबासीहरूद्वारा श्रमदान गरिनुका साथै ४ थान डस्टबिन हस्तान्तरण गरी शृजनशिल गतिविधिको थालनी गरिएको हो।

Krishi

कार्यक्रमका संयोजक कैलाश विक्रम शाही का अनुसार, “यदि सबैले आ–आफ्नो टोलप्रति चासो र चिन्ता व्यक्त गर्ने हो भने सम्पूर्ण नगरको रूपान्तरण सम्भव छ। साना प्रयासहरू नै दीर्घकालीन परिवर्तनको आधार बन्न सक्छन्।”

कार्यक्रममा वडा सदस्य डवल बहादुर साउँद ले चार वटा डस्टबिनहरू हस्तान्तरण गर्दै सरसफाइको महत्वमा जोड दिनुभयो। उहाँले स्थानीयस्तरमै स्वच्छता र वातावरणीय चेतना फैलाउनु अत्यावश्यक रहेको बताउनुभयो।

स्थानिय युवाहरू, समाजसेवीहरू, महिला समूह लगायत टोलबासीहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा टोलभित्रको सडक र नालीहरू सफा गरिएका थिए।

CLEAN UP NEPAL संस्थाले यसअघि पनि विभिन्न स्थानमा सामुदायिक सरसफाइ तथा वातावरण संरक्षण अभियान सञ्चालन गर्दै आइरहेको छ। यस किसिमका कार्यक्रमहरूलाई निरन्तरता दिईने आयोजक पक्षले जनाएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.