

दशरथ ओझा
रहर गर्न मिल्छ ,रहरकै लागि जन्मेको हुँ
के सपना तिम्रो पेवा हो,आँखा जुधाई भनेकै हुँ ।
सक्छौ दुनियाँ बनाऊ,सक्छौ जगत् बनाऊ
उपरखुट्टी लगाई कुरा के बनाउँछौ,औला ठड्याई भनेकै हुँ।

कतिखेर ढल्छ,कतिखेर गल्छ यो सत्ता र शक्ति
मेरो अगाडी घमण्ड के गर्छौँ,शिर उठाई भनेकै हुँ।
फोडेर होइन जोडेर बन्छ,आकार बेकारको
बरु गर सलामी,गुलामी के गर्छौ,पिर नलुकाई भनेकै हुँ ।
दुनियाँ फगत तिम्रो मात्र होइन,दुनियाँको पनि त हो
तिमि पनि त दुनियाँ नै हौ ,के गर्छौ छाती ठड्याई भनेकै हुँ ।
रहर गर्न मिल्छ ,रहरकै लागि जन्मेको हु
के सपना तिम्रो पेवा हो,आँखा जुधाई भनेकै हुँ ।
गजलकार ओझा समैजी माद्यामिक विद्यालय गोदावरी नगरपालिका ०८,मजगाउँ कैलालीमा अध्यापन गराउनु हुन्छ ।

