Sujang

खुशिको चंगा उडाउने रहर छ मलाई पनि

Ban

गजलकार –राजन विफल पाैडेल
खुशिको चंगा उडाउने रहर छ मलाई पनि ।
उमङ्गको रेल गुडाउने रहर छ मलाई पनि ।।

बर्षै देखि परम्पराको लट्टाईमा बेरिएको ।
विभेदको धागो चुडाउने रहर छ मलाई पनि ।।

Krishi

ह्रदयको बाँझो बारीमा भावनाको हलो जोतेर ।
चाहानाको मुल फुटाउने रहर छ मलाई पनि ।।

हरेक रात सम्झनाको कारागारमा थुनिएको ।
सपनाको कैदी छुटाउने रहर छ मलाई पनि ।।

चेतनाको आँगो फुकेर बसेको छ गाँउमा कोही ।
विद्रोहको झण्डा उठाउने रहर छ मलाई पनि ।।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.