
गजलकार – राजन विफल पाैडेल
हत्केलामा दुनियाँ जित्ने कहानी हुन सक्छ
मुर्दाको आँखामा भरीएको जवानी हुन हुन्छ ।
मलाई नै ताकेर फालेको एउटा पत्थर थियो
कसैकसैको याद दिलाउने निसानी हुन सक्छ ।
ह्रदयमा प्रेमको टुसा अँकुराउनु पर्छ, महोदय
दिलको बाझोबारी मनको राजधानी हुन सक्छ ।
उमंगको वुहि चढेर, सम्झनामा जहाँ पुगे पनि
घरीघरी दुख्ने भनेको नै जिन्दगानी हुन सक्छ ।
बर्षै देखि दुश्मनका किल्लाहरुमा बेखवर छु म
पक्कै यो आफन्तले गरेको निगरानी हुन सक्छ ।
सायद पुरानो झोलामा मन जस्तै सकि नसकि
उसले गाँठो पारेर राखेको राहादानी हुन सक्छ ।