Sujang

अनौपचारिक शिक्षाको राष्ट्रिय योग्यता प्रारूपलाई स्थानीय करण गर्न दुई दिने कार्यशाला गोष्ठी शुरु 

पुस २३ गते ,कैलाली :अनौपचारिक शिक्षाको राष्ट्रिय योग्यता प्रारूपलाई स्थानीय करण गर्न धनगढीमा दुई दिने कार्यशाला गोष्ठी सुरु भएको छ ।
युनिसेफ नेपालको सहयोग तथा साझेदारी अजयमेरु गाउँपालिका र कैलाली  गाउँपालिका सँगको सहकार्यमा सामुदायिक विकास केन्द्र (CDC) द्वारा गुणस्तरीय सिकाइका लागि विद्यालय शिक्षा क्षेत्र योजना तथा बजेट निर्माणमा स्थानीय सरकारको क्षमता अभिवृद्धि कार्यक्रम (SESP)  अन्तर्गत अनौपचारिक शिक्षाको मार्गदर्शन २०७९ र राष्ट्रिय योग्यता प्रारूप ढाँचा  २०७७ लाई स्थानीय करण गर्न र स्थानीय तहमा त्यसको संरचना स्थापना गर्ने उद्देश्यले मंगलबार देखि गोष्ठी शुरु गरिएको हो ।
कार्यक्रमको अध्यक्षता कैलाली गाउँपालिकाका अध्यक्ष राज समझ चौधरीले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि  गाउँपालिका राष्ट्रिय महासंघ केन्द्रीय कोषाध्यक्ष एवं अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद भट्ट रहेका थिए ।
कार्यक्रमको उद्देश्यका बारेमा  सामुदायिक विकास केन्द्रका कार्यक्रम निर्देशक हेमराज जोशीले राखेका थिए ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयको तर्फबाट लोकेन्द्र प्रसाद भट्टले तालिम महत्त्वपूर्ण रहेकाले सबैले ध्यानपूर्वक सिकेर व्यवहारमा उर्तान  अनुरोध गरे।
दुई दिने कार्यशालाको सहजीकरण शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव नीलकण्ठ ढकालले गर्ने छन्  ।
कार्यक्रममा दुवै गाउँपालिकाका उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकृत योजना अधिकृत सामाजिक विकास समिति संयोजक शिक्षा शाखा प्रमुख रोजगार संयोजक र युनिसेफ र सामुदायिक विकास केन्द्रका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।
Salmuni
Leave A Reply

Your email address will not be published.