Sujang

कञ्चनपुरको पुनर्वासमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

असोज ,२० गते –कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका ११ अमरबस्तीमा से ७ प ४७६५ नम्बरको मोटर साइकल बिजुलीको पोलसँग ठोक्किँदा दुर्घटनामा परेको हो ।

पुनर्वास नगरपालिका ९ बाट डोकेबजार जानेक्रममा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरका गुद्धु राना र पछाडि सवार पुनर्वास १० का विशाल रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका कार्यालय प्रमुख प्रहरी निरीक्षक नरेश राज मल्लले जानकारी दिए ।

बुधबार राती साढे १० बजेतिर सो मोटर साइकल दुर्घटनामा परेको हो । मोटर साइकल बिजुलीको पोलमा ठोक्किँदा पोल समेत भाँचिएको छ । मोटर साइकल तीव्र गतिमा रहेको बुझिएको छ  ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.