Sujang

घाँस काट्ने बेला लडेर घाइते भएकी धनाको उपचारका क्रममा मृत्यु

कार्तिक ४ गते ,डोटी :  दसैको दिन घाँस काट्ने क्रममा रुखबाट लडेर घाइते भएकी एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्लाको बोगटान फुड्सिल  गाउँपालिका – ६ दावस्था घर भएकी १७ वर्षीय धना भुलको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा शनिवार राती मृत्यु भएको हो ।

दसैको दिन लडेर घाइते भएकी भुललाई असोज २६ गते राति सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।

उनको बिहीबार बायाँ खुट्टाको अपरेसन गरिएको उनका बुवा गोपाल भुलले बताए । शनिवार राती उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ ।

मृतक धना सोही वडाको गगुडामा रहेको मष्टेश्वर माविमा कक्षा- १० मा अध्ययनरत थिइन् ।

Salmuni
Leave A Reply

Your email address will not be published.