Sujang

सुनौलाे रवि झैँ उदाउने मन छ

गजलकार:तोयानाथ भट्ट

सुनौलाे रवि झैँ उदाउने मन छ
बन्धुत्व मुटुमा सजाउने मन छ

प्रगति देख्दा जल्ने दुनियाँलाई
जलाएरै खरानी बनाउने मन छ

सानाे बच्चाजस्ताे मेराे शासक
परिपक्व बनाएर उभ्याउने मन छ

एक अटल हिमालकाे अस्तित्व झैँ
बाआमाकाे शिर उठाउने मन छ

अनुमति दिन्छ्यौ भने ए! निष्ठुरी
तिम्रा यादहरुमा गीत गाउने मन छ

Salmuni
Leave A Reply

Your email address will not be published.