तीर्थ नेपाली ,भदौ २१ गते ,काठमाण्डौ: नेपाली काँग्रेसको तर्फबाट काठमाडौँ महानगरपालिका वडा नं.१६ वडा अध्यक्ष स्वर्गीय नेता मुकुन्द रिजालको स्मृतिमा सामूहिक वृक्षारोपण कार्यक्रम गरिएको छ ।
शुक्रवार काठमाडौँमा रहेको बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीको चौरमा लोकतन्त्रवादी विध्यार्थीहरुको सङ्गठन नेविसंघ बालाजु इकाई सभापति विनोद रावलको निर्देशनमा ओखर,कागती,अम्बा ,सल्लो लगायतका बिरुवाहरू रोपेको प्रनब अर्यालले बताए ।
स्व.रिजाल काठमाडौँ काँग्रेस भित्र मात्रै होइन इतर पक्षमा पनि त्यतिकै लोकप्रिय रहेको सभापति रावलले बताए ।
भेदभाव रहित व्यवहार र काम गर्ने आफ्नै शैलीले पनि जनता माझ ऊनी अत्यन्तै लोकप्रिय रहेको बालाजु कर्मचारी एकाइ कमिटीका अध्यक्ष सुदन भक्त अधिकारीले बताए ।
रिजाल कार्यपालिका अन्तर्गतको पूर्वाधार समितिको संयोजक समेत रहेका थिए ।
महानगर प्रमुख बालेन शाहसँग सवाल जवाफ गरेपछि उनी चर्चामा आएका थिए ।
वृक्षारोपण कार्यक्रममा कर्मचारी संघका केन्द्रीय सदस्य पारस पाठक, कर्मचारी संघ बालाजुका सचिव विशाल पौडेल लगायतको उपस्थिति रहेको थियो । दुवै फोक्सोमा सिभियर निमोनिया भाइरस भए पछि रिजालको उपचारका क्रममा गत भदौ २१ गते निधन भएको थियो ।