गजल
तिमी भन्छौ कसैको मुटुमा बस्न नसकेको
म पनि एक कसिङ्गर हुँ आँखामा पस्न नसकेको
आँसुको व्यापार सुरु भएदेखि हो तिम्रो बजारमा
यी आँखाहरू बाट पनि आँसु खस्न नसकेको
नसोध मलाई तेरो परिचय के हो भनेर ?
म त्यही रातो रङ्ग हुँ बिधुवाले घस्न नसकेको
दुस्मनी निभाउने पनि त कला चाहिन्छ, महोदय
एक हुल भ्यागुता अझै छ सर्पले डस्न नसकेको
थाह भएकै हो वाधिएपछि काटिनु पर्छ छुट्टिनु पर्छ
त्यही डरले हो मैले सम्बन्ध कस्न नसकेको
कुश्मा भट्ट धनगढी, कैलाली