Sujang

आफैँले आफैँलाई दिग्दारी बनाए पछि

Ban

फणेन्द्र साउँँद

आफैले आफैँलाई दिग्दारी बनाए पछि ।
यस्तै हो पागलको चिनारी बनाए पछि ।।

अलमलमा परेकोछु कसो गरौँ के गरौँ ?
मेरै दुष्मनले मैसँग यारी बनाए पछि ।।

Krishi

घ्यु थप्नेको कमी छ आगो बलेकोछ,
दीलभित्र तिमिले सवारी बनाए पछि ।।

धोका मिल्छ अवश्य पनि धोका मिल्छ,
ढोँगीलाई दिलको पुजारी बनाए पछि ।।

मिनिस्कट लाएकी अधबैँसे आमालाई,
हेर्दाहेर्दै यी नयनले कुमारी बनाए पछि ।।

गजलकार : डोटी बहुमुखी क्याम्पस सिलगढीमा प्राध्यापनरत हुनुहुन्छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.