
मुख्यमन्त्री कमलबहादुर शाहले पहिरोमा परेर ज्यान गुमाएको घटनाप्रति दु:ख व्यक्त गर्दै राहत दिने घोषणा गरेका हुन्।
शाहले मृतकका परिवारलाई प्रतिव्यक्ति एक लाखका दरले राहत प्रदान गर्ने जारी शोक वक्तव्यमा उल्लेख गरेका छन्।
गएराति घर माथिबाट पहिरो खस्दा बझाङको बुङ्गल नगरपालिका-१० को टुमेडागाउँका बिरबहादुर धामीकी श्रीमती, बुहारी र दुई नातिनीको मृत्यु भएको थियो।
धामीसहितका अन्य ६ जनाले भने भागेर ज्यान जोगाएका थिए ।