गजलकार -राजन विफल पौडेल
घामले जुनको बाटो हेरेर बसेको बर्षै भएछ ।
यादहरुको भुमरीले घेरेर बसेको बर्षे भएछ ।।
आस्थाको दीयो बालेर मनको मन्दिर भित्र ।
भगबानले स्वरुप फेरेर बसेको बर्षै भएछ ।।
उमंगको मसीले ह्रदयको खुल्ला कागजमा ।
कसै कसैको नाम केरेर बसेको बर्षै भएछ ।।
रहरको बजारमा एक थान अधुरा सपनाहरु ।
विश्वासको धागोले बेरेर बसेको बर्षै भएछ ।।