गणेश स्मृति रोकाय
गजलकार
कसको भाग्यमा के हाल्नु थियो हाल्न सकेनन् ।
मलाई त तिम्रो भगवानले पनि नियाल्न सकेनन् ।।
भाडा माझेर चार बच्चा पाल्न सक्छिन आमाले ।
चार-चार बच्चा मिलेर एउटा आमा पाल्न सकेनन् ।।
तिमिले अहिले आश्रम बसाल्न खोजेकी आमाले ।
उहिले तिमिलाई बाल आश्रम बसाल्न सकेनन् ।।
आखामा भएको कसिङ्गर पखालेका आशुहरुले ।
त्यै आखामा बसेकी तिमिलाई पखाल्न सकेनन् ।।
दुनियाँको आयुका लागी दियो बाल्ने पुजारी बाले ।
बिचरा! आज आफ्नै मृत्युमा दियो बाल्न सकेनन् ।।