Sujang

नवलपुर काठमाडौँ लोकतान्त्रिक समाज र महामन्त्री कोइराला बिच भेटघाट 

तीर्थ नेपाली ,साउन २२,काठमाडौँ :नवलपुर काठमाडौँ लोकतान्त्रिक समाज र महामन्त्री कोइराला बिच भेटवार्ता भएको छ ।
सोमबार काठमाडौँको महाराजगन्जमा एक कार्यक्रमको आयोजना गरी प्राध्यापक डाक्टर ज्ञानेन्द्र प्रसाद पौडेल र समाजका उपाध्यक्षले नवलपुर काठमाडौँ लोकतान्त्रिक समाजको योजना माथि प्रकाश पारेका हुन् ।
समाजका अध्यक्ष राम खड्काले काँग्रेसलाई माया गर्ने  आजीवन काँग्रेस बनेर समाज परिवर्तनका निमित्त अहोरात्र खटिएका कार्यकर्ताको तथा आम जनताको जीवन स्तरमा कसैले पनि चासो नदेखाएको प्रति कार्यक्रममा चिन्ता व्यक्त गरे ।
साथै उक्त कार्यक्रममा  नवलपरासीका आम सर्वसाधारणले भोग्नु परेका शिक्षा, स्वास्थ्य, लगायत प्रतिनिधिहरूले उठान गर्नु पर्ने जनचासोका विषय नवलपुर पूर्व र पश्चिमको सिमाना नामाकरको बारेमा महामन्त्री कोईरालाई जानकारी गराएको उनले बताए ।
बिपी कोइराला गणेशमान सिंह ,कृष्ण प्रसाद भट्टराई लगायतका नेताहरूको सङ्घर्ष ,त्याग , साहस र सादगीको स्मरण गर्दै महामन्त्री कोइरालाले देश लाई अझै पनि नेपाली काङ्ग्रेसकै नेतृत्वको खाँचो रहेको बताए । कोइरालाले पार्टी भित्र बृहत् एकताको आवश्यकता रहेकोमा पनि जोड दिए ।
सामाजिक कार्यमा निरन्तर क्रियाशील संस्था  नवलपरासी काठमाडौँ लोकतान्त्रिक समाजले अहिलेको विषम परिस्थितिमा जनताहरूलाई निःशुल्क स्वास्थ्य उपचार ,सामाजिक क्षेत्रमा क्रियाशील नवलपुर काठमाडौँ लोकतान्त्रिक समाजका पदाधिकारीहरूलाई धन्यवाद दिँदै डा .शशांक कोइरालाले आगामी दिनमा योजनाबद्ध तरिकाले नवलपुर काठमाडौँ लोकतान्त्रिक समाजले सिर्जनात्मक र रचनात्मक कार्यको माध्यमबाट जनतालाई सेवा दिन पनि सुझाव दिएका थिए ।कोइरालाले समाजका हरेक कृयाकलापमा सकिने सहयोग आफ्नो तर्फबाट हरदम रहने प्रतिबद्धता जनाए  ।
समाजले जनताका आवश्यकता पहिचान गरी सो कार्यक्रम लाग्न सके मात्र सार्थक बन्ने उनले बताए ।
परिचयात्मक तथा छलफल  कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदन भक्त अधिकारी, पूर्व किसान संघका अध्यक्ष भानु सिग्देल, महासमिति सदस्यहरू भरत तिवारी, सूर्य गुरुङ, गैँडाकोट नगर उपसभापति रोशन भक्त अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
समाजका महासचिव सुदन भक्त अधिकारीले सहजीकरण गरेको कार्यक्रममा चियापान गरी समापन भएको सदस्य गोविन्द कार्कीले बताए  ।
Salmuni
Leave A Reply

Your email address will not be published.