साउन १९ गते ,काठमाडौं : उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायीत्वकाे जगमा आर्थिक परिवर्तनका लागि संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा मिलेर सरकार बनाएकाे बताएका छन् । शनिबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले आयाेजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बाेल्दै उनले यस्ताे बताएका हुन् ।
यसअघि छिटाे छिटाे सरकार परिवर्तन हुँदा अस्थीरता भएकाे भन्दै राजनीतिक स्थीरताका लागि अहिलेकाे गठबन्धन बनेकाे उनको भनाई थियाे ।` राजनीतिक स्थायित्व र स्थीरताकाे जगमा आर्थिक परिवर्तन, सामाजिक परिवर्तन गर्नेदेखि सबै कुरालाई यावत रूपमा कार्यान्वयन गर्नका लागि याे सरकार गठन भएकाे छ´ उपप्रधानमन्त्री सिंहले भन्नुभयाे ,` जिम्मेवारी ठुलाे छ । त्यसमा तपाईहरूले साथ सल्लाह अनवरत रूपमा दिनुहुनेछ भन्ने विश्वास छ ।´
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले आफ्नाे क्षेत्रबाट निर्वाचित भएर उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री बन्नुभएका प्रकाशमान सिंह र प्रदेश सांसद सुरजचन्द्र लामिछाने बाग्मति प्रदेशकाे आन्तरिक मामिला मन्त्री बन्नुभएकाेमा बधाई तथा शुभकामना कार्यक्रम आयाेजना गरेकाे हाे ।