Sujang

प्रदेश सभा बैठकमा गएको भन्दै मुख्यमन्त्री सोडारीले गरे मन्त्री थापालाई बरखास्त

Ban

साउन १३, धनगढीः सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापालाई बर्खास्त गरेका छन्। प्रदेशसभा बैठकमा उपस्थित भएको भन्दै मुख्यमन्त्री सोडारीले मन्त्री थापालाई बरखास्त गरेका हुन्। थापा आइतवार प्रदेश सभाको बैठकमा सहभागी भएकी थिइन्।

 

Posan
Krishi

मुख्यमन्त्री निकट स्रोतका अनुसार सरकारले बैठकका सहभागी नहुने नीति लिएका बेला थापा सहभागी भएपछि उनलाई पदबाट हटाइएको हो। यस अघिको बैठकमा पनि उनी सहभागी भएकी थिइन्। आजको बैठकमा पनि मुख्यमन्त्री सोडारीले उनलाई सहभागी नहुन भनेका थिए।

 

सरकारको तर्फबाट कोही पनि उपस्थित नभएर संसद् अगाडि नबढाउने मुख्यमन्त्री सोडारीको योजना रहको थियो तर जनताको आवाज उठान होस् भनेर संसद् आएको थापाले बताइन् । संसद्मा उपस्थित भएको भन्दै आफूलाई पदबाट हटाएको उनले बताइन् ।

samajik
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.