Sujang

प्रादेशिक कविता महोत्सव हुने

असार ४ गते ,कैलाली :सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानको आयोजनामा यही असार -८ गते धनगढीमा प्रादेशिक कविता महोत्सव हुने भएको छ।
मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले कविता महोत्सवका विषयमा जानकारी दिए।
कविता महोत्सवका लागि प्रतिष्ठानले सार्वजनिक सूचना आह्वान गरेको थियो। सो अनुसार दर्ता हुन आएका कविता मध्ये ऊत्कृष्टताका आधारमा छनोट गरिएका २५ कविता प्रतियोगितामा सहभागी गराइने उपकूलपति जोशीले बताए।
असार ८ गते धनगढीको होटल रूबसमा दिउसो १ बजेबाट कविता महोत्सव शुरू हुने र प्रथम, द्वितीय र तृतीयलाई क्रमश:बीस हजार, पन्ध्र हजार र दश हजारसहित प्रमाणपत्र प्रदान गरिने प्रतिष्ठानले जनाएको छ।
उपकुलपति जोशीले कविता महोत्सवमा सहभागिताका लागि शुभेच्छुक सबैलाई आमन्त्रण गरेका छन्। पछिल्लो समय उपकुलपति जोशीले प्रदेशको भाषा, साहित्य, कला र संस्कृतिको प्रबर्द्धनमा जनप्रिय कार्य गरिरहेका छन्।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.