Sujang

फुलको यादमा भमरा रोएको कसले देख्छर

गजलकार -राजन विफल पौडेल
फुलको यादमा भमरा रोएको कसले देख्छर ।
सम्झनाको आँसुले मुहार घोएको कसले देख्छर ।।

विश्वासको उडान भरेर रहरको जुनकिरीले ।
सम्भावनाको जुन तारा छोएको कसले देख्छर ।।

आसाको बल्छीमा उनिएका सपनाहरू बोकेर ।
चोटहरूको सिरानीले दुः ख भोगेको कसले देख्छर ।

विश्वासको जुन अविश्वासको बादल भित्र लुकेपछि ।
मायालाई घृणाको तराजुमा जोखेको कसले देख्छर।।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.