वैशाख २३ गते कैलाली : नेपाल सांस्कृतिक कलाकर्मी संघ सुदूरपश्चिम प्रदेश स्तरीय भेला तथा समिति गठन कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
संघका राष्ट्रिय उपाध्यक्ष एवं सुदूरपश्चिम प्रदेश अध्यक्ष साधना बि.सी.को सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सदस्य एवं ट्रेड युनियन विभाग प्रमुख राम बहादुर देउवाको प्रमुख अतिथि रहनु भएको थियो भने नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सदस्य एवं भाषा,साहित्य , कला संस्कृति विभाग प्रमुख सुरत रावत(डोटेली कान्छा) र नेपाल ट्रेड युनियन काँग्रेस सुदूरपश्चिम प्रदेश अध्यक्ष ज्ञानेन्द्र बहादुर शाह विशिष्ट अतिथि रहनु भएको थियो ।
कार्यक्रममा विभिन्न व्यक्तिले शुभकामना मन्तव्य राख्नुका साथै कलाकारहरूले आ-आफ्नो कला प्रस्तुति समेत देखाए थिए ।
नेपाल सांस्कृतिक कलाकर्मी संघका राष्ट्रिय समिति सदस्य सरिता साउँदले स्वागत मन्तव्य गर्नु भएको कार्यक्रमको सञ्चालन प्रदेश उपमहासचिव भान बहादुर साउँद बि.क.ले गर्नु गरेका थिए भने स्वागत गीत नेपाल सांस्कृतिक कलाकर्मी संघका राष्ट्रिय समिति सदस्य केशवराज फुलाराले प्रस्तुत गरेका थिए ।
उक्त अवसरमा नेपाल सांस्कृतिक कलाकर्मी संघका राष्ट्रिय समिति उपाध्यक्ष एवं सुदूरपश्चिम प्रदेश अध्यक्ष साधना बिसीको अध्यक्षतामा संघको प्रदेश समिति समिति गठन भएको छ ।
कलाकर्मीहरूको प्रदेश भेलाले उपाध्यक्षमा प्रकाश बहादुर साउँद , दलबहादुर बोगटी , महासचिवमा रमेश बहादुर मल्ल, कोषाध्यक्षमा द्रोपती भट्ट ( मेघा), उपमहासचिवमा भान बहादुर बि.क.(भास्कर) चयन गरेको छ । त्यस्तै सदस्यहरूमा देवेन्द्र प्रसाद भाट, धनसार साउँद,निलम पाण्डेय, जानकी पनेरू ,अमृत चौधरी , सुशीला निरौला, शोभा भट्ट ,सुनिता ओलीलाई चयन गरेको छ ।