वैशाख १७,बझाङ :उपचुनाव अन्तर्गत बझाङ प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् ।
नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै दमनले सुदूरपश्चिम प्रदेशसभाको सीट सुरक्षित गरेका छन् ।
एमालेका भण्डारीले ११६१२ मत ल्याउँदा कांग्रेसका सिंह ११३४३ मा रोकिए । दुईजनाबीचको मतान्तर २६६ रहेको छ ।
यहाँ नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३८३१ मत ल्याउँदा नेकपा एसका दिलबहादुर सिंहले २५१४ मत ल्याए ।