Sujang

नागरिक उन्मुक्तिले सुदूरपश्चिम र लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिने

बैशाख १६,कैलाली :नागरिक उन्मुक्ति पार्टीको पुर्ण बैठक बसेको छ।सो बैठकले सुदुरपश्चिम र लुम्बिनी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बैठकले सुदुरपश्चिममा मुख्यमन्त्री दाबी गर्ने निर्णय गरेको छ। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले शनिबारको बैठकले लुम्बिनी र सुदुरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको बताए।

कारबाहि गरिएकाको कारबाही फुकुवा गर्ने, सुदूरपश्चिममा मुख्यमन्त्री दाबी गर्ने, पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्ने लगायतका मुद्दाको सवालमा पार्टी अध्यक्ष रन्जिता श्रेष्ठसँग एकमत हुने निर्णय बैठमा भएको बताए।  विवादमा अल्झिएको नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीले पार्टी अध्यक्ष श्रेष्ठलाई पार्टी र सरकार चलाउन आग्रह गरेको जनाएका छन्।

फेसबुकमार्फत उनले यस्तो जनाएका हुन्। उनले पार्टीका महासचिव ठाकुरसिंह थारुलाई साक्षी राखेर पार्टी र सरकार चलाउन आग्रह गरेको बताए। यस्तै रेशमलालले श्रेष्ठसहितको भेटघाटबारे जानकारी दिदै आफूहरूले सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिने दाबी गरेका छन्।

दिनेशखबर

Salmuni
Leave A Reply

Your email address will not be published.