Sujang

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी पेश

धनगढी ,६ चैत्र :सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी संसदीय दलका दिर्घ बहादुर सोडारीले दावि पेश गर्नु भएको छ ।
प्रदेश प्रमुख नजिर मियाँ समक्ष नेता सोडारीले मुख्यमन्त्रीमा दावि पेश गर्नु भएको हो । उनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति र स्वतन्त्रको समर्थन रहेको छ । प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को (२) बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई बैशाख ६ गते बेलुकी ५ बजे भित्र मुख्यमन्त्री पदमा दाविपेश गर्नु आह्वान गर्नु भएको थियो ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.