Sujang

आदर्श गाउँपालिकामा कक्षा आठको परिक्षामा सहभागी ५६४ विद्यार्थी मध्ये १२२ उत्तिर्ण

चैत २३,डोटी : डोटीको आदर्श गाउँपालिकामा रहेका बिद्यालयको शैक्षिक अवस्था कमजोर देखिएको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले बिहीबार सार्वजनिक गरेको आधारभूत तह परीक्षा (कक्षा ८) को नतिजा अनुसार अधिकांश विद्यालयको शैक्षिक अवस्था कमजोर देखिएको हो ।

यहि चैत्र २ गते देखी ९ गते सम्म सञ्चालित गाउँपालिका स्तरिय आधारभुत तह परिक्षामा ५ सय ६४ बिद्यार्थी मध्ये १ सय २२ जना मात्रै उत्तिर्ण भएका छन् । १७ बिद्यालयमा अध्ययन गर्ने २ सय ९८ जना बिद्यार्थी अनुत्तिर्ण (फेल) अर्थात ननग्रेड भएका छन् । त्यस्तै दुई बिषयमा ननग्रेड कायम भएका १ सय ४४ जना बिद्यार्थीले ग्रेड बृद्धिका लागि परिक्षा दिन पाउने शिक्षा शाखाका प्राविधिक सहायक पदम बिष्टले बताएका छन् ।

गाउँपालिकामा रहेका १७ बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले परिक्षा दिएका थिए । उक्त नतिजा अनुसार तीन ओटा बाहेक सबै विद्यालयका बिद्याथीहरु निकै कमजोेर देखिएका छन् । परिक्षामा सहभागि महादेवेश्वरी आधारभुत बिद्यालय ऐलीको नतिजा भने निल देखिएको छ ।

त्यस्तै नमादेव मावि साउँदकाँडाका २५ परिक्षार्थी मध्ये १ जना मात्रै उत्तिर्ण भएका छन् भने बबिना आवि बबिनाका १४ परिक्षार्थी मध्ये १ जना उत्तिर्ण भएका छन् । आदर्श गाउँपालिकाको पुरानो बिद्यालय भनेर चिनिएको प्रभात मावि देहिमाण्डौका ४० जना परिक्षार्थी मध्ये २ जना मात्रै उत्तिर्ण भएका छन भने देहिमाण्डौकै दुर्गा आविका ४४ जना परिक्षार्थी मध्ये २ जना उत्तिर्ण भएका छन उता गिरिचौका मावि गिरिचौकाका ५१ प्रिक्षार्थी मध्ये २ जना मात्रै उत्तिर्ण भएका छन् ।

त्यस्तै लक्ष्मी मावि काँडीका ४० जना परिक्षार्थी मध्ये ३ जना उत्तिर्ण भएका छन भने सरस्वती आवि पिडका १५ जना परिक्षार्थी मध्ये पनि ३ जना मात्रै उत्तिर्ण भएका छन् । भैरव मावि बाँझककानीका ५८ जना परिक्षार्थी मध्ये ४ जना मात्रै उत्तिर्ण भएका छन् भने कालिकास्थान मावि दहकालिकास्थानका ३७ जना परिक्षार्थी मध्ये ३ जना उत्तिर्ण भएका छन् । पालिकामा रहेका परिक्षामा सहभागी संस्थागत बिद्यालय भैरव एकेडेमी बाँझका ७ जना परिक्षार्थीमा सबै उत्तिर्ण भएका छन् भने मुना मेमोरियल एकेडेमी देहिमाण्डौका ९ जना परिक्षार्थी मध्ये ७ जना उत्तिर्ण भएका छन् ।

त्यस्तै कालिभैरव मावि कोटान्जरका ३७ जना परिक्षार्थी मध्ये ९ जना उत्तिर्ण भएका छन् भने सरस्वती आवि चाँसिका १३ जना परिक्षार्थी मध्ये ११ जना उत्तिर्ण भएका छन् । मष्टामाण्डौ मावि लामिखालका ४० जना परिक्षार्थी मध्ये १४ जना मात्रै उत्तिर्ण भएका छन् भने शारदा मावि मौवाका ६१ जना परिक्षार्थी मध्ये २२ जना मात्रै उत्तिर्ण भएका छन् । त्यस्तै आदर्श भरीका बिद्यालय मध्ये सबैभन्दा बढी बिद्यार्थी र पढाईमा चर्चा भएको भगवती मावि तलाराका ६५ जना परिक्षार्थी मध्ये ३० जना मात्रै उत्तिर्ण भएका छन् ।

Salmuni
Leave A Reply

Your email address will not be published.