Sujang

निःशुल्क आँखा जाँच शिविरमा २४९ जनाले सेवा लिए

Ban

चैत १० गते ,डोटी:शिखर नगरपालिका वडा नम्बर १० बानेडुग्रीसैनमा एक दिने निःशुल्क आँखा जाँच शिविर संचालन भएको छ । शिखर नगरपालिका र नेपाल नेत्र ज्योती संघ गेटा आँखा अस्पतालको संयुक्त आयोजनामा शिविर संचालन भएको हो ।

Krishi

शिविरमा ५६ जना पुरुष, एक सय ९३ जना महिला गरी दुई सय ४९ जनाले सेवा लिएका छन् भने जसमा ५४ जनाको मोतिबिन्दु देखिएको आँखा अस्पताल कालागाड शाखाका सुरत बहादुर बडैलाले जानकारी दिए ।

 

शिविरको उद्घाटन गर्दै शिखर नगरपालिकाका प्रमुख दीर्घ बलायरले शिविरमा चेकजाँचबाटबाट मोतिविन्दु देखिएका र शल्यक्रिया गर्नु पर्ने देखिएका व्यक्तिहरुको थप उपचारका लागि नगरपालिकालेनै डडेल्धुरा लगेर उपचार गराउने बताए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख बलायरले कुनै निर्माण वा संरचना बनाउनु मात्रै विकास नभएर जनताको स्वास्थ्यमा तथा सामाजिक सुरक्षामा काम गर्नु समेत विकास भएकाले यस्ता किसिमका गतिविधिहरू नगरले संचालन गरिराख्ने बताए ।

 

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.