चैत १०,कैलाली : सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले सुदूरपश्चिम प्रदेश सरकार बर्तमान नेतृत्वमै निरन्तर चल्ने बताएका छन । उनले राष्ट्रिय सत्ता राजनीतिमा केही परिवर्तन देखिएको भएपनि सुदूरपश्चिम प्रदेश सरकारको वर्तमान नेतृत्व कायमै रहने बताए ।
शुक्रबार देखि कैलालीको बर्दगोरिया गाउँपालिकामा शुरु भएको बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सवको उदघाटन गर्दै मन्त्री देउवाले स्थिर सरकारका लागि प्रदेश सभामा रहेको राजनीतिक दल सँग निरन्तर सम्वादमा रहेको बताए । उनले भने (हाम्रो सरकारले एक वर्षमा नीतिगत र कानुन सुधार र सुशासन र विकासलाई एउटा लयमा अगाढी बढाएका छौ,जनताको असिमित आकाँक्षालाई सिमित श्रोतसाधान मार्फत पुरा गर्ने प्रयास गरेका छौ ।चाडै हामी सुदूरपश्चिम प्रदेश सभाबाट विश्वासको मत लिएर सरकारलाई थप बलियो र स्थाथित्व प्रदान गर्ने छौ ।
हाल सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति र नेपाली काँग्रेस मात्र सहभागी रहेको छ । नेपाली काँग्रेस संसदिय दलका नेता कमल शाहको नेतृत्वमा प्रदेश सरकार रहेको छ । यश अघि सरकारमा सहभागी माओवादी र एकीकृत समाजबादीले समर्थन फिर्ता लगेपछि सरकार अल्पमतमा परेको छ । मुख्यमन्त्री शाहले स्वतन्त्र सांसद र राप्रपाका सांसदलाई समेत साथमा लगि विश्वासको मत लग्ने तयारी गरेका छन ।
उद्घाटन कार्यक्रममा भौतिक मन्त्री देउवाले महोत्सवबाट आयोजकले त्रिदेशिय सिमाना जोडने सेती लोकमार्ग निर्माणमा दवाव दिने र बर्दगोरिया धामलाई चिनाउने उद्देश्य पुरा हुने बताए ।
उनले सुदूरपश्चिम प्रदेश सरकार नेपाली काँग्रेसको नेतृत्वमा भए देखि नै पटक पटक संघिय सरकारलाई सुदुरपश्चिममा राष्ट्रिय गौरवको आयोजना सेतीलोक मार्ग, महाकाली करिडोर र धनगढी दिपायल दुरुत मार्ग निर्माण आयोजना चाडो निर्माण गर्नका लागि र आवश्यक बजेट व्यवस्थापनका लागि अर्थमन्त्री, सडकको क्षेत्राअधिकारमा पर्ने रुखकटानका लागि बन मन्त्री र पटक पटक प्रधानमन्त्री सँगको भेटेको बताए । उनले भने ( मुख्यमन्त्री ज्युले प्रधानमन्त्रीको चिन भ्रमण र भारत भ्रमणका क्रममा सेतीलोक मार्ग निर्माणका गर्न एजेण्डाका रुपमा लैजान परराष्ट मन्त्री र प्रधानमन्त्री सँग लविङ्ग गर्नु भएको थियो ।
मन्त्री देउवाले सुदूरपश्चिम प्रदेशका गौरवका आयोजना विगतमा नेपाली काँग्रेसको नेतृत्वमा भएको संघिय सरकारका पालामा तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाले निर्माण कार्य तदारुकताका साथ अगाढी बढाउने कार्य गरेको पनि बताए । उनले भने(सेतीलोक मार्ग सुदूरपश्चिम प्रदेशका लागि निकै रणनीतिक महत्वको राष्ट्रिय गौरवको आयोजना मात्र होइन हाम्रो लाइफलाइन पनि हो । मन्त्री देउवाले सुदूरपश्चिम प्रदेश सरकारको पहिलो प्राथमिकता शिक्षा, स्वस्थ्य, भौतिक पूर्वाधर, व्यापार व्यवसायको सवलीकरण र रोजगरी सिर्जना गर्ने रहेको बताए ।