Sujang

“पार्टी पुजौँ”

दिल बहादुर महरा                                              शीर्षक :– “पार्टी पुजौँ” (व्यङ्ग्यात्मक)
छन्द :- दिक्पाल

पार्टी बिना यहाँका मान्छे अपाङ्ग बन्छन् ।
पार्टी सशक्त हाम्रो आधारतुल्य भन्छन् ।।
पार्टी बिना नबाँच्ने बन्दैछ जिन्दगानी ।
पार्टी जहाँ पुजिन्छन् को हुन्न भाग्यमानी ?
।।
नाता कुटुम्ब हेप्छन् पार्टी सदस्य छोड्दा ।
घाँटी अठ्याइ च्याप्छन् सोचाइ अन्त मोड्दा ।।
पार्टी बिना कसैको रुच्दैन खानपान ।
पार्टी बिना रहन्नन् सद्भाव शान मान ।।
।।
पार्टी जपेर पानी बग्छन् अनन्त खोला ।
पार्टी बनेर भिर्छन् मान्छे अनेक झोला ।।
पार्टी भनेर बाँच्छन् सारा चराचुरुङ्गी ।
पार्टी बनेर फुल्छन् छन् फूल जो विरङ्गी ।।
।।
लाग्दैन नोकरीको टुङ्गो र कामदाम ।
पाइन्छ दु:ख धेरै हार्नेछ जून घाम ।।
पार्टी छ शक्तिशाली यो देशको चिनारी ।
मिल्ला कहाँ सुरक्षा गाथा यहाँ बिगारी ?
।।
पार्टी छ देवताझैँ हाम्रो सदा भरोसा ।
पुग्छन् सधैँ सबैका इच्छा अनेक आशा ।।
स्याहरमा डटौँ है पार्टीतिरै जुटेर ।
पार्टी पुजौँ यहाका वस्ती सबै उठेर ।।

Salmuni
Leave A Reply

Your email address will not be published.