![Sujang](https://shilakhabar.com/wp-content/uploads/2022/09/1380138577ssssss-1.png)
फागुन १७,कञ्चनपुरः कञ्चनपुरबाट लागूऔषधसहित धनगढीका दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने ३८ वर्षीय जियालाल राना र २५ वर्षीय राम बहादुर राना रहेका छन्।
कञ्चनपुरको पुनर्वास नगरपालिका–११ रामजानकी टोलबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम ४ सय २० मिलिग्रामसहित दुबै जनालाई बुधवार बिहान प्रहरीले पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गेरको बताइएको छ।