Sujang

स्थानीय सरकार र बालबालिका बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

फागुन ८, डोटी:डोटीको दिपायल सिलगढी नगरपालिका र बालबालिकाहरू बिचको पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सोमबार सिलगढीमा सम्पन्न भएको छ ।
वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको सहयोग, दिपायल सिलगढी नगरपालिको समन्वयमा समान पहुँच विकास केन्द्र सिड नेपाल डोटीले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।
नगरपालिका अन्तरगत रहेका बालबालिकाहरूका सवालहरू पहिचान गरी योजना निमार्ण गर्न सहजता होस भन्ने हेतुले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं दिपायल सिलगढी नगरपालिकाकी उप प्रमुख कलावती महर साउँदले बालबालिका सँग सम्बन्धित देखिएका सवालहरूलाई सम्बोधन गर्न पालिकाले योजनाबद्ध रूपमा अगाडी बढ्ने बताइन् । उनले भनिन् हाम्रो नगरपालिका भित्र बालबालिकाहरूले उठान गरेका सवालहरू वास्तविक हुन् केही सवालहरूमा हामीहरू काम पनि गरिरहेका छौ केही सवालहरूका बारेमा आगामी दिनमा सम्बोधन गरिन समेत उप प्रमुख साउँदले बताइन् ।
पालिका स्तरीय अन्तरक्रिया कार्यक्रममा पालिका स्तरमा बालबालिका सम्बन्धी विभिन्न सवालहरूको बारेमा छलफल गरिएको समान पहुँच विकास केन्द्र डोटीका बाल संरक्षण तथा बाल स्पोन्सरसिप परियोजना संयोजक सुनिल जोशीले बताए ।
स्थानीय सरकार र बालबालिकाहरू सँगको छलफलमा बालविवाह, बिद्यार्थिहरुको स्वास्थ्य परीक्षण, सेनिटरी प्याड सिस्पोजल गर्ने व्यवस्था, बालश्रम, बाल क्लब पुनर्गठन, बालबालिकाहरूको लागि खेलमैदान र सामाग्रीहरू, बालबालिकाहरूका लागि आवश्यक बजेको व्यवस्थापन, लागु पर्दाथ र मदिरा सेवनको व्यवस्थापन लगाएतका विषय बस्तुहरूको बारेमा छलफल भएको समेत परियोजना संयोजक जोशीले बताए ।
अन्तरक्रिया कार्यक्रममा नगरपालिका उप प्रमुख सहित प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, शाखाका प्रमुख प्रतिनिधि, बाल क्लब तथा सञ्जालका पदाधीकारीहरुको सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रम पश्चात् पालिका अन्तरगत देखिएका बालबालिकाहरूका सवालहरूलाई सम्बोधन गर्न सहभागीहरूले सवालहरूलाई कार्यान्वयन गर्न प्रतिबद्धता जनाई कार्य योजना समेत निमार्ण गरिएको थियो । कार्यक्रमको सहजिकरण पत्रकार गणेश मौनीले गरेका थिए ।

Salmuni
Leave A Reply

Your email address will not be published.