Sujang

नेपाल ट्रेड युनियन काँग्रेस शिखर नगरपालिकाको अध्यक्षमा बलायर चयन

फागुन ४, डोटी : नेपाल ट्रेड युनियन काँग्रेस शिखर नगरपालिकाको अध्यक्षमा  लक्ष्मण बहादुर बलायर सर्वसम्मत चयन हुनु भएको छ।
शुक्रवार शिखरमा नगरपालिकाको हलमा गरिएको कार्यक्रममा  नेपाल ट्रेड युनियन काँग्रेसको शिखर नगरपालिकाको अध्यक्षमा बलायर चयन भएका हुन् ।
जसको उपाध्यक्षमा दीपक बलायर, शान्ति शाही , सचिवमा तेज बहादुर महरालाई चयन गरिएको छ । त्यस्तै सह सचिवमा ममता कार्की  ,कोशाध्यक्षमा सानुमाया बलायरलाई चयन गरिएको छ ।
त्यस्तै सदस्यमा ईश्वरी ताम्राकार ,गौरी देवी महरा,चन्द्रा देवी बोगटी , माता देवी दमाई  ,चक्र बलायर ,ज्ञान विष्ट र केशवराज फुलारा रहेका छन् ।
ट्रेड युनियनका अध्यक्ष शंकर बहादुर कठायतको अध्यक्षतामा गरेको नगर स्तरीय सङ्गठन बिस्तार कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख दीर्घ बहादुर बलायर र विशिष्ट अतिथि नगर उप प्रमुख सुनिता रावल जोरा रहनु भएको थियो ।
नेपाल ट्रेड युनियन काँग्रेस डोटीले सबै पालिकामा कमिटी बिस्तारको अभियानलाई अगाडी बढाएको अध्यक्ष कठायतले बताए ।
Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.