Sujang

बडीकेदार गाउँपालिकाद्वारा खेलाडी बिद्यार्थिहरुलाई सम्मान

गणेश मौनी,माघ १७ डोटी:डोटीको बडीकेदार गाउँपालिकाले डोटी जिल्ला स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विभिन्न खेलमा सहभागी बिद्यार्थिहरुलाई बुधवार पालिकामा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।
खेलकुदलाई प्रवर्द्धन गर्न खेलाडीहरूलाई थप हौसला मिल्न सहयोग पुगोस् भन्ने हेतुले पालिकाले बिद्यार्थिहरुलाई सम्मान गरेको बडीकेदार गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बिबेक देउवाले बताए ।
बिद्यार्थिहरुले आफ्नो चाहाना र रुचि अनुसारका खेलकुदका गतिबिधीहरुलाई निरन्तरता दिन आवश्यक रहेको कार्यक्रमका प्रमुख अतिथि एवं बडीकेदार गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले बताइन् । उनले भनिन् बिद्यार्थिहरुले आफूले प्रदर्शन गर्ने खेलहरूमा सबैमा जित मात्र हुन्छ भन्ने छैन तर अनुशासित तरिकाले आफ्नो खेल प्रदर्शन गर्ने कार्य महत्त्वपूर्ण रहेको बताइन् ।
पालिका स्तरबाट सहभागी खेलाडीहरूले जिल्ला स्तरीय खेलकुद कार्यक्रममा अनुशासित तवरले खेल प्रदर्शन गरेकोले सबैलाई बधाई दिनका साथै आगामी दिनमा पनि थप प्रगति गर्न शुभकामना दिएकी थिइन् । खेलकुद लाई प्रवर्द्धन गर्न पालिकाले आवश्यकता अनुसारको सहयोग गर्ने समेत उपाध्यक्ष विष्ट कलेलले बताइन् ।

दिपायल स्थित दिल्पेश्वर मठ खेलमैदानमा आइतबार देखि मङ्गलवार सम्म सञ्चालन भएको प्रतियोगितामामा बडीकेदार गाउँपालिकाले ५ स्वर्ण, १३ रजत र ३ कास्य सहित २१ पदक प्राप्त गर्दै पाँचौँ स्थान हासिल गरेको थियो । विभिन्न खेलमा सहभागिता जनाउन बडीकेदार गाउँपालिका बाट शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बिबेक देउवाले नेतृत्वमा खेल प्रशिक्षक सहित ७१ जना बिद्यार्थिहरुको सहभागिता रहेको थियो ।
पालिकाले आयोजना गरेको बिद्यार्थिहरुको सम्मान कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

Salmuni
Leave A Reply

Your email address will not be published.