Sujang

बडीकेदार गाउँपालिका द्वारा सहिद दिवसका अवसरमा दीप प्रज्वलन

Ban
Krishi

गणेश मौनी,माघ १६ डोटी:डोटीको बडीकेदार गाउँपालिकाले सहिद दिवसका अवसरमा दीप प्रज्वलन गरेको छ ।
सहिदहरूको सम्झनामा पालिकाले कार्यालय अगाडी दीप प्रज्वलन गरेको बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले बताए । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन वीर सहीदको सम्झनामा सहिद दिवसलाई हरेक वर्ष विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने गरेको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए।
नेपाली जनतालाई स्वतन्त्रता दिन जहानियाँ राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानासाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जीवनको आहुति गरेका वीर सहिदहरूलाई सदैव सम्झन आवश्यक रहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदले बताए । सहिदका सपना साकार पार्न बडीकेदार सरकार सदैव तत्पर रहेको समेत अध्यक्ष साउँदले बताए ।
वीर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सङ्घर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानको स्मरणमा हरेक वर्ष १० माघदेखि १६ सम्म ‘सहिद सप्ताह’ मनाइँदै आएको छ । र, १६ माघलाई सहिद दिवसको रूपमा मनाइन्छ ।
दीप प्रज्वलन कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.