गणेश मौनी,माघ १५ डोटी:बडीकेदार गाउँपालिकाको १४ औँ गाउँ सभा अधिवेशन सोमबार सम्पन्न सम्पन्न भएको छ । गाउँपालिकाको सभा हलमा सम्पन्न गाउँ सभा अधिवेशनमा गाउँपालिकाको वर्तमान अवस्था, भइरहेका गतिविधि र आगामी योजनाको बारेमा छलफल भएको बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले बताए ।
सभालाई सम्बोधन गर्दै सभाका सभाध्यक्ष समेत रहेका बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदले पालिकाको समग्र क्षेत्रको विकास गर्न योजनाबद्ध रूपमा अगाडी बढिरहेको बताए । उनले भने बडीकेदार गाउँपालिका स्थानीय श्रोत साधनले भरिपूर्ण सम्भावना बोकेको ठाउँ हो यस क्षेत्रको विकास गर्न सबैको सहयोग आवश्यक रहेको बताए । बडीकेदार गाउँपालिकाको कृर्षि, पशुपालन, पर्यटन, बन वातावरण, यातायात, बिधुत, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य लगाएका क्षेत्र प्रमुख प्राथमिकतामा रहेको समेत बताए ।
सभालाई सम्बोधन गदै अध्यक्ष साउँदले पालिका अन्तरगत रहेका सबै कर्मचारीहरूले जनताको पक्षमा, निष्पक्ष, पारदर्शी, छिटो छरितो,जबाफदेही तरिकाले काम गर्न निर्देशन समेत दिएका थिए ।
बडीकेदार गाउँपालिकाको विकासमा सबैको साझा पहल आवश्यक रहेको बडीकेदार गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले बताइन् । सभालाई सम्बोधन गर्दै उपाध्यक्ष विष्ट कलेलले वडा र पालिका अन्तरगत सञ्चालन भइरहेका विभिन्न योजनाहरूलाई गुणस्तरीय र समयमै सम्पन्न गर्न सबैको सहयोग रेखदेख, नियमित अनुगमन हुन आवश्यक रहेको बताइन् । पालिका अन्तरगत देखिने विभिन्न रूढिवादी परम्परा कुरुतीहरुको अन्त्यका लागि पालिकाले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने समेत उपाध्यक्ष विष्ट कलेलले बताइन् ।
सभामा बडीकेदार गाउँपालिकाको समग्र अवस्था, हालको प्रगति, अवसर र चुनौतीको बारेमा गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदले प्रस्तुत गरेका थिए भने गाउँ सभाबाट संशोधित तथा परिमार्जित बजेट सहितको आर्थिक प्रतिवेदन गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले प्रस्तुत गरेकी थिइन् ।
बडीकेदार गाउँपालिकाका अध्यक्षको अध्यक्षतामा सम्पन्न गाउँ सभा अधिवेशनमा, गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, गाउँ सभाका सदस्य, कर्मचारी नागरिक समाज, पत्रकार लगाएको सहभागिता रहेको थियो ।