Sujang

सुदूरपश्चिम प्रदेशमा माओवादी संसदीय दलको नेताबाट भट्ट हटाइए,धामीलाई जिम्मेवारी

माघ १२,कैलाली:माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताबाट खटराज भट्ट हटाइएका छन् । माओवादी बहुमत प्रदेश सभा सदस्यहरूले भट्टलाई हटाएका छन् ।

नयाँ संसदीय दलको नेतामा मानबहादुर धामी चयन भएको उपनेता अक्कर रावलले जानकारी दिए ।

धामी यस अघि प्रमुख सचेतक रहेका थिए । सभामुख सहित ११ जना प्रदेश सभा सदस्यहरू मध्ये ६ जनाले यस्तो निर्णय गरेका हुन् ।

संसदीय दलको नेता फेरिएको सूचना प्रदेश सभा सचिवालयमा बुझाइएको पनि रावलले जानकारी दिए ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.