Sujang

छ महिने नि:शुल्क सिलाई कटाई तालिम सुरु

Ban

पुस २९ ,दिपायल : मानवीय सेवामा अनेकौँ प्रयास  संस्थाको आयोजना तथा दिपायल सिलगढी नगरपालिकाको सहकार्यमा तीन महिने नि:शुल्क सिलाई कटाई तालिम सुरु भएको छ ।

तालिमको बुधवार दिपायल सिलगढी पालिकाका  नगर प्रमुख बाजि सिंह खड्का ‘विजय’ले उद्घाटन गर्नुभएको हो । तालिमको उद्घाटन गर्दै नगर प्रमुख खड्काले  तालिममा लगनशील भएर सीप सिक्न आग्रह गर्दै सिकेको सीपलाई दैनिक व्यवहारमा लागू गरी आर्थिक उपार्जन गर्न सुझाव दिए ।

“हामी सबैसँग क्षमता छ आफूसँग भएको क्षमतालाई सकारात्मक पाटोमा प्रयोग गर्नुहोस्” नगर प्रमुख खड्काले भन्नुभयो, “अब क्षमता लुकाएर होइन प्रयोगमा ल्याएर आर्थिक विकासतर्फ लाग्नुहोस् ।”
तालीम पश्चात् ब्यवसायिकरुपमा उत्पादन भएका सामग्रीहरूले बजार नपाएमा  नगरपालिकाले सहजीकरणको व्यवस्था मिलाउने नगर प्रमुख खड्काले बताए ।

Krishi

महिला दिदीबहिनीहरूलाई सिलाई कटाई सम्बन्धी नि:शुल्क तालीम दिएर उद्यमशीलतातर्फ उन्मुख गराएको उनले बताए   । संस्थागतरुपमा दक्ष कामदार उत्पादन गर्ने मुख्य उद्देश्यले तीन महिने निःशुल्क सिलाई कटाई तालिम सञ्चालन गरिएको संस्थाका कोषाध्यक्ष मेखराज भट्टले बताए ।

“महिला दिदीबहिनीहरूलाई सीप सिक्ने यो एउटा महत्त्वपूर्ण अवसरकोरुपमा मैले लिएकी छु” कोषाध्यक्ष भट्टले भन्नुभयो, “तसर्थ तालिममा सिकेका सीपलाई दैनिक व्यवहारमा लागू गर्न सके आम्दानीको पाटोकोरुपमा विकास गर्न सकिन्छ

दिसिनपा -३ का वडा अध्यक्ष नारायण साउँदको अध्यक्षतामा कार्यक्रम गरिएको हो।

तालिममा २० जना महिलाहरूको सहभागिता रहेको थियो ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.