पुस २७, डोटी : डोटीको आदर्श गाउँपालिकामा कृषि सम्बन्धि बृहत छलफल कार्यशाला गोष्ठी सम्पन्न भएको छ । शुक्रबार आदर्श गाउँपालिकाको आयोजनाना कृषि सम्बन्धि बृहत छलफल कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।
किसानका समस्या पहिचान गरेर आगामी बर्षमा योजना बनाउन सहयोग पुगोस् भन्ने हेतुले कृषिका बारेमा बृहत छलफल गोष्ठी राखीएको गाउँपालिकाका अध्यक्ष गणेश खड्काले बताए ।
उक्त कार्यक्रममा कृषि बिकास निर्देशनायल राजपुरका प्रमुख यज्ञराज जोशी, कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गङ्गादत्त अवस्थिले कृषिका बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए।
सहभागी अगुवा किसानहरुले किसानका समस्याहरु राखेका थिए ।
गोष्ठीमा जनप्रतिनिधि , कर्मचारी ,पालिका भित्र रहेका अगुवा कृषक लगायतको सहभागिता रहेको थियो ।