पुष २७ ,डडेल्धुरा : परराष्ट्रमन्त्री एनपी साउँदले पञ्चेश्वर परियोजना एक महिना भित्र अघि बढ्ने गरि काम भैरहेको बताएका छन् । शुक्रबार प्रेस युनियन डडेल्धुराले आयोजना गरेको पत्रकार सम्मेलनको क्रममा मन्त्री साउँदले यस्तो बताएका हुन् ।
करिव ३० बर्ष देखि कछुवा गतिमा हिडेको र दगुर्न नसकेको पञ्चेश्वर परियोजना नेपाल र भारतका प्रधानमन्त्रीको तीन महिना भित्र डिपिआर टुगयाउँने छलफल भए बमोजिम एक महिना भित्र प्राबिधिक टीमलाई उक्त काम सम्पन्न गरि प्रक्रया अघाडी बढाउने काममा सरकार लागेको मन्त्री साउँदले बताए ।
सुदूरपश्चिमको बैतडी र भारतको सीमा भएर बहने महाकाली नदीमा परियोजना निमार्ण गर्ने पटक–पटक सहमति हुँदै आएपनि दुई देश विचको सहमति हुन नसक्दा परियोजना लागु हुन सकेको थिएन ।
पञ्चेश्वर परियोजना निमार्ण हुन सके यस्को फाईदा समग्र सुदूरपश्चिम मात्र नभई देशले नै लिने भएकाले यस बाहेक पश्चिम सेती, अपर कर्णाली र अरुण थर्ड जस्ता देशका अन्य क्षेत्रमा पनि बिद्युत उत्पादनको काम अघि बढ्ने भएकाले एकातिर अर्थतन्त्रमा सुधार र अर्को तर्फ देश छोडेर बिदेश जानेहरुको चाप घट्ने उनले बताए ।
साथै उहाँले नेपाल र भारतका प्रधानमन्त्री विच १० बर्षमा १० हजार मेगावाट बिद्युत उत्पादन गरि भारतलाई उपलब्ध गर्ने सहमति भएकोले नेपालको ईतिहाँसमा सय बर्षमा २८ सय मेगावाट उत्पादन भएको बिद्युत अबको १० बर्षमा १० हजार मेगावाट उत्पादन हुनुले देशको अर्थतन्त्रमा निकै सुधार हुने बताए । नेपालको जनसंख्यामा अधिकतम युवा संख्या यो समयमा भएकाले राज्यले युवाको सहि रुपमा सदुउपयोग गर्न बिभिन्न काम गरिरहेको उनको भनाई छ ।
मन्त्री साउँदले प्रधानमन्त्री ज्युको कार्यकालको एक बर्ष पुरा भएपनि गठबन्धनको एक बर्ष पुरा हुन अझै समय बांकि रहेकाले यस बिचमा महत्वपुर्ण काम हरु भएको स्मरण गराए । थुप्रै पटक प्रधानमन्त्री ज्युको बिदेश भ्रमण र थुप्रै बिदेशी राष्ट्र प्रमुख लगाएत राष्ट्र संघका महासचिवको नेपाल भ्रमण महत्वपुर्ण रहेको बताउँदै हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको अवस्था र रिहाईबारे कुटनितिक पहल गरिरहेकोले जोशीको रिहाई हुनेमा बिस्वस्त रहेको बताए ।