Sujang

बास डोटी शाखाद्वारा प्रहरी प्रशासनको ध्यानाकर्षण

पुस ११ गते ,डोटी:बागेश्वरी असल शासन क्लब ‘बास’ नेपाल डोटी शाखाले डोटीमा प्रहरी प्रशासनको ध्यानाकर्षण गराएको छ ।

शाखाले बुधवार जिल्लाका विभिन्न साझा सवालहरूको बारेमा ध्यानाकर्षण गराउँदै जिल्ला प्रशासन कार्यालय डोटी र जिल्ला प्रहरी कार्यालय डोटीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
डोटीमा पछिल्लो समयमा बालबालिकाहरू अभिभावक तथा आफन्तहरूलाई समेत जानकारी नभई घरबाट हराउने गरेको, अपरिचित व्यक्ति मार्फत विभिन्न प्रलोभनमा पारि अन्यत्रै लैजाने र अलपत्र पारि छोडेको अवस्थामा भेटिन थालेकोले तिनीहरूको सुरक्षा र संरक्षणका लागि प्रहरी प्रशासनको ध्यानाकर्षण गराएको बास डोटी शाखाका अध्यक्ष शरीता कठाएतले बताइन् । उनले प्रहरी प्रशासनले यस विषयमा निगरानी बढाउनुका साथै यस विषयमा स्थानीय सरकारले पनि विशेष ध्यान दिनुपर्ने बताइन् ।
ध्यानाकर्षण पत्र बुझ्दै जिल्ला प्रशासन कार्यालय डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय र जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तबले यस विषयलाई विशेष रूपमा हेरी निगरानी बढाउनुका साथै स्थानीय सरकार र प्रहरी युनिटहरू सँग समन्वय गरी मुख्य सवालको रूपमा अघि बढाउने बताउनु भयो ।
प्रहरी प्रशासनको ध्यानाकर्षण गराउने कार्यक्रममा बास नेपाल सुदूरपश्चिम प्रदेश सचिव गणेश मौनी, जिल्ला अध्यक्ष लगायत सम्पूर्ण पदाधीकारीहरुको सहभागिता रहेको थियो ।
बास डोटी शाखाले डोटीमा सुशासन, जबाफदेहिता, पारदर्शिताका साथै युवा, महिला बालबालिकाहरूको क्षेत्रमा विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ ।

Salmuni
Leave A Reply

Your email address will not be published.