Sujang

झोलुङ्गे पुल निर्माण पछि स्थानीलाई आवतजावतमा सहजता

Ban
एकेन्द्र चन्द ,डोटी:डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ५ धारीमा निर्माण गरिएको पल्लधारी झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । बडिकेदार गाउँपालिकाका पूर्व अध्यक्ष कृष्ण बहादुर चन्दले एक कार्यक्रमको बिच झोलुङ्गे पुलको उद्घाटन गर्नु भएको हो पुलको उद्घाटन गर्दै पूर्व अध्यक्ष चन्दले झोलुङ्गे पुल बने पछि  बर्षौ देखि समस्या झेल्दै आएका यस ठाउका नागरिकलाई सहज भएको  र सरकारले जनताका समस्यालाई सम्बोधन गर्नु पर्ने बताए।
केदार ग्रामीण विकास समाज नेपालको प्राविधिक सहयोगमा करिब ३८ लाखको लागतमा  ६४ मिटर लामो  झोलुङ्गे पुल निर्माण भएको  हो झोलुङ्गे पुल निर्माण पछि करिब १ सय ९३ घरधुरी लाम्भाबित हुने भएका छन् ।
Krishi
पुर्खौ देखि बर्खा याममा पुल नहुँदा आवतजावत र खेती गर्न समेत खोला वारपार गर्दा निकै कठिनाइ हुँदै आएको  र अहिले पुल निर्माण पछि सहज हुने र आवश्यक भएको ठाउँमा झोलुङ्गे पुल निर्माण गरिनु पर्ने बडिकेदार गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पदम सिंह बोहराले बताए ।
पुल निर्माण निर्माण पछि  स्थानीयलाई कामकाज र खोला ओहोरदोहोर गर्न र बिद्यार्थीहरुलाइ विद्यालय जान समेत सहज हुने पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष उदयै सिंह बोहराले बताए ।
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.