पुस ११ गते ,डोटी : नेपाल प्रहरी श्रीमती संघले डोटीको दिपायल सिलगढी नगरपालिका-४ मा रहेका ४० जना अति विपन्न, एकल महिला तथा ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा (कम्बल) विवरण गरेको छ ।
सुदूर पश्चिम प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा मङ्गलवार अति विपन्न, एकल महिला तथा ज्येष्ठ नागरिक लाई न्यानो कपडाकासाथै बिस्कुट विवरण गरिएको हो ।
चिसोको समयमा सानो सहयोगले केही सहयोग पुगोस् भन्ने हेतुले न्यानो कपडा वितरण गरेको कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल प्रहरी श्रीमती सङ्घका केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवरले बताइन् । कार्यक्रममा विशिष्ट अतिथि सुदूर पश्चिम प्रदेश प्रहरी श्रीमती सङ्घका अध्यक्ष एकता बोहरा रहेकी थिइन् ।
नेपाल प्रहरी श्रीमती संघले नगरभित्रका अति विपन्न ज्येष्ठ नागरिक र एकल महिलाहरूलाई न्यानो कपडा वितरण गर्दा चिसोको समयमा धेरै राहत पुग्ने कार्यक्रमकी सभाध्यक्ष एवं दिपायल सिलगढी नगरपालिकाकी उपप्रमुख कलावती साउँदले बताइन् । उप प्रमुख साउँदले नेपाल प्रहरी श्रीमती संघको केन्द्रीय समिति र प्रदेश समितिलाई धन्यवाद समेत दिइन् ।