Sujang

५२ जना एकल, विपन्न तथा दलित महिलालाई न्यानो कम्बल वितरण

पुस ६ ,डोटी : डोटीको आदर्श गाउँपालिकाका ५२ जना एकल, विपन्न तथा दलित महिलाहरूलाई न्यानो कम्बल वितरण गरिएको छ ।  शुक्रवार महिला सँग उपाध्यक्ष कार्यक्रम अन्तर्गत  गाउँपालिकाले विपन्न तथा दलित महिलालाई न्यानो कपडा वितरण गरेको हो ।

गाउँपालिकाको वडा नम्बर ७ का  ५२ जना एकल, विपन्न तथा दलित महिलाहरूलाई न्यानो कम्बल वितरण  गरिएको गाउँपालिका उपाध्यक्ष लक्ष्मी धामी रोकायाले बताइन् ।

चिसो मौसममा न्यानो कपडा प्याए पछि स्थानीय महिलाहरूले खुसी व्यक्त गरे।

पालिका भित्र रहेका दिदी बहिनी, आमाहरूको हरेक सुख ,दुख साथ रहने बताउँदै पालिकाले महिलाहरूका विभिन्न कार्यक्रमहरू निरन्तर सञ्चालन गरिरहेको बताइन्।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.