Sujang

दिसिनपा -२ को वडा कार्यालयले कर्मचारीको स्वास्थ्य बिमा गर्दै

मंसिर २९ डोटी : डोटीको दिपायल सिलगढी नगरपालिका–२ को कार्यालयले वडामा कार्यरत कर्मचारीहरूको स्वास्थ्य बिमा गराइदिने भएको छ ।

बिहीबार बसेको वडा समितिको बैठकले वडाभित्र रहेका सबै कर्मचारीहरूको स्वास्थ्य बिमा गराउने निर्णय गरेको वडाध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए ।

जनताको सेवामा खटिइरहेका कर्मचारीहरूको मनोबल बढाउनका लागि स्वास्थ्य बिमा गराउने निर्णय गरेको वडाध्यक्ष खड्काले बताए ।

वडा कार्यालयका कर्मचारीहरू, वडाभित्र रहेका विद्यालयका शिक्षक कर्मचारीहरू र वडाभित्र रहेको स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, कर्मचारी र एम्बुलेन्स चालकको स्वास्थ्य बिमा गराउने वडाले निर्णय गरेको हो ।
खड्काका अनुसार जनप्रतिनिधिहरूको पनि स्वास्थ्य बिमा गराइनेछ । वडाले स्वास्थ्य बिमा गराइदिनेको संख्या करिब ८० जना हुने खड्काले बताए ।

उनले वैदेशिक रोजगारबाट बिदामा फर्केका व्यक्तिहरूको पनि स्वास्थ्य बिमा गराइने बताए ।
वडा समितिले सानिमा लाइफ ईन्स्योरेन्स कम्पनीबाट स्वास्थ्य बिमा गराउने निर्णय समेत गरेको खड्काले बताए । कर्मचारीको उमेर अनुसार प्रतिव्यक्ति १ हजार ३ सय ५० देखि २ हजार रुपैयाँसम्म बिमा शुल्क लाग्ने सानिमा लाइफ ईन्स्योरेन्स कम्पनी दिपायल शाखाका प्रबन्धक डिकबहादुर महराले जानकारी दिए । बिमाका लागि आवश्यक कागजातहरू संकलनको कार्य सुरु भइसकेको समेत महराले बताए ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.