गणेश मौनी,मङ्सिर २७ डोटी:डोटीमा राष्ट्रिय परिचय पत्र वितरण कार्य सोमबार देखि सुरु गरेको छ ।
विवरण पेस गरेको लामो समयपछि जिल्लामा राष्ट्रिय परिचय पत्र पुगेपछि वितरण कार्य सुरु गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए ।
राष्ट्रिय परिचयपत्र लिनका लागि स्वयं व्यक्ति नै उपस्थित हुनुपर्ने प्रजिअ अर्यालले बताए । परिचय पत्र सम्बन्धित व्यक्तिको पुनः बायोमेट्रिक भेरिफाई गरेर मात्र कार्ड वितरण हुने हुँदा स्वयं व्यक्ति आफ्नो अनुकूल समयमा उपस्थित हुनुपर्ने बताए । प्रजिअका अनुसार सबै वितरण गर्दा भीड भाड हुने भएकाले प्रशासन कार्यालयले परिचयपत्र बाहकको नाममा मोबाइलमा सन्देश पठाएर पश्चात् मात्र प्रशासन कार्यालयमा परिचयपत्र लिन आउन आग्रह गरेको छ ।
प्रशासनले ‘फिङ्गर प्रिन्ट’ रुजु गर्न र पिन नम्बरसमेत रहेकाले परिचयपत्र लिन आफैँ आउनुपर्ने अरूमार्फत वितरण गर्न नसकिने जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा हाल सम्म विवरण पेस गरेका मध्ये हाल १० हजार एक सय ६५ परिचयपत्र जिल्लामा पुगेको प्रजिअ अर्यालले बताए ।
डोटीमा राष्ट्रिय परिचयपत्रका लागि विसं २०७७ भाद्र २८ गते देखि विवरण सङ्कलनको काम सुरु गरिएको थियो हालसम्म डोटीमा ९६ हजार १ सय २१ जनाको विवरण सङ्कलन गरिएको समेत प्रजिअ अर्यालले बताए ।