Sujang

महिला हिंसा अन्त्यको लागि महिला नै जाग्नु पर्छ :उपाध्यक्ष कलेल 

Ban

एकेन्द्र चन्द, डोटी :लैङ्गकि हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानिको ऐक्यबद्धता भन्ने नाराका साथ सुरु भएको १६ दिने लैङ्गकि हिंसा विरुद्धको कार्यक्रममा बोल्दै  बडिकेदार गाउँपालिका उपाध्यक्ष डम्बरी बिष्ट कलेलले महिला हिंसा अन्त्यको लागि महिला नै जाग्नु पर्ने बताउनु भएको छ । आज बडिकेदार गाउँपालिका वडा नम्बर १ रिसडीमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उपाध्यक्ष कलेलले यस्तो बताउनु भएको हो ।

Krishi

गाउँघरका महिलाहरू आफ्ना कुराहरु सजिलै तरिकाले भन्न नसक्ने भएकाले उहाँहरुलाइ महिलाले  नै सहयोग गर्नु पर्ने बताइन नारी दिवसको दिन मात्र चर्का नारा मात्र  लगाएर नहुने भन्दै लैङ्गकि हिंसा अन्त्यको लागि गाउँ गाउँ बाट महिलाहरु जागरुक हुनुपर्ने बताउनु भयो।

समाजमा सबै भन्दा बढी महिला हिंसाका घटनाहरु जाड र रक्सीले बढी घटाउने गरेका कारणले सबै महिला दिदी बहिनी हरुले एक जुट भएर जाड रक्सी जुवातास बन्द गर्ने कार्यमा सबै विद्यार्थी, कर्मचारी, शिक्षक, पत्रकार, बुद्धिजिबिले महिला हिंसा अन्त्यको लागि सबैले आफ्नु आफ्नु ठाउँ बाट लाग्नु पर्ने र आफू सधै महिला हिंसा अन्त्यको लागि प्रतिबद्ध रहेको समेत उपाध्यक्ष कलेलले बताउनु भयो।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.