Sujang

सुदूरपश्चिमका मुख्यमन्त्री र इजरायली राजदूतबिच भेटवार्ता

मंसिर १९ ,धनगढी:सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह र नेपालस्थित इजरायली राजदूत हानान गोडर गोल्डबर्गरबीच भेटवार्ता भएको छ ।
मंगलबार काठमाडौमा भेटवार्तामा राजदूत गोडर गोल्डबर्गले सुदुरपश्चिम बिश्वबिधालयबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तरगत इजरायल गएका बिद्यार्थीहरु हमासको अक्रमणमा परि मृत्यु भएका प्रति दुःख व्यक्त गरेका थिए । अझै पनि वेपत्ता रहेका कञ्चनपुरका विपिन जोशीको खोजी कार्य गरिदिन पनि मुख्यमन्त्री शाहले अनुरोध गरेका थिए ।

 

यसैबीच मुख्यमन्त्री शाहले हमासको आक्रमणमा परी ज्यान गुमाउनु परेका १० नेपाली विद्यार्थीका परिवारजनका लागि राहत र क्षतिपूर्तिका साथै ज्यान गुमाउने विद्यार्थीका परिवारजनलाई भेट्नको लागि अनुरोध गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.