Sujang

समृद्ध नेपालको परिकल्पना पुरा गर्ने अभियान सुरु भयो : अध्यक्ष ओली

सीपी लोहिया ,मंसिर १४ बैतडी :नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना पूरा गर्ने अभियान थालेको बताउनुभएको छ । आज बैतडीको झुलाघाटमा पुष्पलाल(मध्यपहाडी) लोकमार्ग केन्द्रित ‘समृद्धिका लागि संकल्प यात्रा’को शुभारम्भ गर्नुहुदैँ उहाँले यात्रामा साथ दिन सबैमा आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो,“हामि विकास निर्माणका सम्भावनाहरु खोजीगर्न यो अध्ययन भ्रमणमा आएका हौँ, यस यात्रामा हामिलाई विभिन्न क्षेत्रका नागरिकहरुको सुझाव प्राप्त हुन्छ, जनअपेक्षा थाहा पाउनका लागि यो यात्रामा आएका हौँ, अन्य बखतको भन्दा फरक तरिकाले आएका छौँ । सबैलाई यस यात्रामा साथ दिन आग्रह गर्दछु ।” उहाँले राजनीतिक अस्थिरता अन्त्य गर्न र सकारात्मक परिवर्तनका लागि अभियान फलदायी हुने बताउनुभयो ।

पार्टीका सबै नेता तथा जनवर्गिय संगठनका नेता लगायतले आफ्नो ठाउँमा सक्रिय भूमिका निर्वाह गर्ने ओलीले विश्वास व्यक्त गर्नुभयो । उहाँले सबैलाई आफ्नो ठाउँमा भूमिका निर्वाह गर्न पनि आग्रह गर्नुभयो ।
अहिलेको सरकारको अकर्मण्यता, देशको ओरालो लाग्दो अर्थतन्त्र, अराजक बन्दै गएको राजनीति सबै कुरालाई सही बाटोमा ल्याउन यात्राले चिन्तन, मननदेखि व्यवहारिक योजना निर्माण गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गर्नुभयो । सो यात्रा परिस्थिति सम्बन्धी जानकारी र आमजनताको राष्ट्रिय शक्ति निर्माणको लागि जागरण अभियान भएको उहाँले बताउनुभयो ।

यात्राले देशको विकास, सुशासन र समृद्धिको पक्षमा यात्राले महत्त्वपूर्ण योगदान पु¥याउने उहाँको विश्वास छ । परिस्थितिको सकारात्मक परिवर्तनको शक्ति आर्जन गर्न जनताको बिचमा आएको उहाँले बताउनुभयो । जनताको शक्तिले मात्र सकारात्मक परिवर्तन गर्न सकिने ओलीले प्रष्ट पार्नुभयो ।
यात्राको क्रममा मध्यपहाडका जनतासँग संवाद गर्ने र एमालेले सुरु गरेको मध्यपहाडी लोकमार्गले ल्याएको परिवर्तन नियाल्ने पोखरेलले बताउनुभयो । भविष्यमा सो क्षेत्रको व्यावसायिक विकासको सम्भावनाको बारेमा अध्ययन गरी विकासको खाका बनाउने उहाँको भनाई छ ।
पहाड छाडेर मधेशमा बसाइँ सर्ने प्रवृत्तिलाई कसरी रोक्न सकिन्छ भन्ने कुरा सो क्रममा खोजिने पोखरेलले बताउनुभयो । पहाडमा नै बस्ने वातावरण बनाउन यात्रा प्रारम्भ गरिएको उहाँको भनाई छ । ‘मध्यपहाडी क्षेत्रलाई आर्थिक, सामाजिक विकासका दृष्टिकोणले नेपालको समुन्नत क्षेत्रको रूपमा विकसित गर्ने अठोटका साथ हामी यो यात्रा आरम्भ गर्दै छौँ’, उहाँले भन्नुभयो ।

यात्राका क्रममा मध्यपहाडी पुष्पलाल लोकमार्गलाई अझै करी छोटो बनाउन सकिन्छ भन्ने सम्भावनाको पनि खोजी गरिने उहाँले बताउनुभयो । यात्राको क्रममा प्राविधिक टोलीले सो विषयमा समेत अध्ययन गर्ने उनले जानकारी दिनुभयो ।
यात्राका क्रममा जनताका बिचमा व्यापक संवाद गरिने उहाँले बताउनुभयो । ‘जनताका गुनासाहरू सुन्ने छौँ, भ्रम निवारण गर्ने छौँ’, उहाँले भन्नुभयो ।

Salmuni
Leave A Reply

Your email address will not be published.